‘हीरा मण्डी’मा सोनाक्षी यौनकर्मी « Khabarhub

‘हीरा मण्डी’मा सोनाक्षी यौनकर्मी


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– उत्कृष्ट फिल्म निर्माणको शैलीका लागि बलिउडमा चिनिएका निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र अभिनेत्री आलिया भट्टका साथ आफ्नो महत्वाकांक्षी फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङ पुरा गरेका छन् ।

यो फिल्मको सुटिङ पुरा भएसँगै उनी पाकिजा शैलीको वेब सिरिज ‘हीरा मण्डी’को निर्माणमा जुटिसकेका छन् । यो सिरिजबाटै उनले डिजिटल प्लेटफर्ममा पहिलोपटक पाइला चाल्दैछन् । सिरिजका लागि अभिनेत्री सोनाक्षी सिन्हा फाइनल भएकी छन् । सिरिजमा उनी एक यौनकर्मीको भूमिकामा हुनेछिन् ।

यो सिरिजका लागि भन्सालीले हुमा कुरैशीलाई यसअघि नै फाइनल गरिसकेका छन् । ‘सोनाक्षी भन्दा पनि उनका पिता शत्रुघ्न सिन्हा छोरीले सञ्जयसँग काम गरोस भन्ने चाहिरहेका थिए । यसअघि सोनाक्षीले भन्साली प्रोडक्सनको फिल्म ‘राउडी राठौड’मा काम गरिसकेकी छन् । हीरा मण्डीमा सोनाक्षीको प्रमुख भूमिका हुनेछ’, सिरिज निकट स्रोतले भनेको छ ।

सिरिजमा आफ्नो भूमिकामा फिट हुनका लागि सोनाक्षीले तयारी सुरु गरिसकेकी छन् । उनले मुजरा(जुन न त पाकीजा जस्तो हुन्छ न त उमराव जानको जस्तै) गर्नका लागि कथक नृत्य सिक्न थालेकी छन् ।

‘भन्साली हीरा मण्डीमा संगीत र नृत्य–गायन केही फरक किसिमको होस भन्ने चाहन्छन् । यद्यपि हीरा मण्डी पाकीजाबाट प्रेरित हो भन्न उनलाई थाहा छ । तर उनी यसको लुक्स पूर्ण रुपमा फरक होस् भन्ने चाहन्छन् । जुन कोठी संस्कृतिमा कुनै पनि फिल्ममा यसअघि देखिएको छैन’, भन्साली निकटस्थले भनेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : २५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको