बलिउडमा उदितनारायणको ४१ वर्ष « Khabarhub

बलिउडमा उदितनारायणको ४१ वर्ष


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(इण्डियन एक्सप्रेस)– बलिउडका पाश्र्वगायक उदितनारायण झाले बलिउड यात्राको ४१ वर्ष पुरा गरेका छन् । उनले सोमबार इन्स्टाग्राममा तस्वीरसहित एक पोस्ट लेख्दा आफ्नो नोस्टाल्जिकपन प्रकट गरेका छन् ।

‘४१ वर्ष अघि फिल्म ‘उन्नीस बिस’मार्फत भारतीय फिल्म र संगीत उद्योगमा पाइला चालेको थिएँ । यो गीतको संगीत राजेश रोशनजीले गर्नुभएको थियो । मेरो आइडल श्री मोहम्मद रफी सा’बसँग गाउन पाउदा मेरा लागि सबैभन्दा खुशीको क्षण थियो’, उनले लेखेका छन् । उनले बलिउड यात्राको पहिलो गायनको तस्वीर पनि राखेका छन् ।

उदितले बलिउडमा सन् १९८० ताका करियर सुरु गरेका थिए । यसको आठ वर्षपछि आमिर खानको फिल्म ‘कयामत से कयामत तक’ को गीतहरु ‘पापा केहते है’, ‘अकेले है’ र ‘आय मेरे हम सफर’ गाएपछि उदितले पछाडि फर्केर हेर्नु परेन ।

उदितका लोकप्रिय गीतहरुमा ‘धकधक कर्ने लगा’, ‘मुझे निन्द ना आये’, ‘पेहला नशा’, ‘जादु तेरी नजर’, ‘ती चिज बडी है मस्त’, ‘क्या करेन के ना करे’, ‘हे गया है तुजको प्यार सजना’, ‘मेहन्दी लगा के रखना’, ‘आय हो मेरी जिन्दगी मे’, ‘ए अजनबी’लगायत छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : ३० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका