माओवादी अब सिद्धिन्छ, पछि लाग्नुको कुनै अर्थ छैन : टोपबहादुर रायमाझी « Khabarhub

माओवादी अब सिद्धिन्छ, पछि लाग्नुको कुनै अर्थ छैन : टोपबहादुर रायमाझी


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भएपनि माओवादी केन्द्रले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गरे ।

उनले आफैँले बनाएको संविधानलाई माओवादीले नमानेर अराजकता सिर्जना गर्न खोजेको धारणा पनि राखे । रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको जिकिर गरे ।

उनले देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने धारणा राखे । उनले माओवादी अब सिद्धिने भन्दै त्यस्ता पार्टीको पछि लागेर कुनै अर्थ नहुने बताए ।

उनले माओवादीले यसअघि पनि महाधिवेशनमा खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने काम गरेको आरोप लगाए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ३ : १५ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा