अफगानिस्तानमा तालिबान र सुरक्षाफौजबीच भीडन्त– ३८ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिबान र सुरक्षाफौजबीच भीडन्त– ३८ जनाको मृत्यु


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तरी अफगानिस्तानको जवजवानमा अफगान सुरक्षा फौज र अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानका लडाकुबीच भएको भीडन्तमा ३८ जनाको ज्यान गएको छ ।

तालिबान लडाकुले जवजवान प्रान्तको आकचा जिल्लामा रहेको एक सुरक्षा जाँच चौकीमा आक्रमण गर्दा भएको भीडन्तमा अरु दर्जनौं घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

मारिनेमा ३१ तालिबान लडाकु तथा ७ सरकारी सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ ।

तालिबानतर्फ मारिनेमध्ये एकजना जवजवान प्रान्तका वरिष्ठ कमाण्डर समेत रहेको बताइएको छ ।

तालिबानले जवजवानमा आक्रमण गरिएको पुष्टि गरेपनि मानवीय क्षतिबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ३ : ०५ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना