डिभोर्सपछि लद्दाखमा नाचे आमिर र किरण « Khabarhub

डिभोर्सपछि लद्दाखमा नाचे आमिर र किरण


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बईं(एबीपी लाइभ)– बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । पत्नी किरण रावसँगको १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याए पनि किरण र आमिर लद्दाखमा सँगै छन् । लद्दाखमा केही समयअघि मात्र फिल्मको अन्तिम चरणको सुटिङ पुरा गरिएको छ ।

यही क्रममा आमिर पूर्व पत्नी किरणसँग नाचिरहेको भिडियो र तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्मको सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो ।

गाउँका मानिसहरुले खुल्ला हृदयले आमिर र उनको टिमलाई स्वागत गरेका थिए । भिडियो र तस्वीरमा आमिर र किरणले परम्परागत पहिरन लगाएको देख्न सकिन्छ । यो पहिरनसँग उनीहरुले स्थानीयसँग लोक नृत्य गरेका छन्।

वाखा गाउँका स्थानीय आमिर र उनको टिमका लागि पाटी दिएका थिए । गाउँलेहरु ‘थ्री इडियट’स्टारलाई आफ्नो गाउँमा देख्दा खुशी छन् । केही दिन अघिमात्र आमिर र उनको टिमले सुटिङका गाउँमा सुटिङस्थलमा फोहोर र दुर्गन्ध फैलाएको आरोप लगाएका थिए ।

फिल्म ‘लाल सिंह चड्डा’मा आमिरसँग करीना कपूर खान प्रमुख भूमिकामा छन् । फिल्मको आधा भन्दा बढी सुटिङ भारतका विभिन्न स्थानमा भइसकेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १२ : ३० बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र