आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि « Khabarhub

आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेको छ ।

आज कूल २२३ वटा कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ समूहको सूचक घटेको छ ।

जलविद्युत र फाइनान्सको सूचक करिब २ प्रतिशतले बढेको छ भने बैंकिङ, ब्यापार, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डको सूचक सामान्य बढेको छ ।

त्यस्तै होटल र पर्यटनमुलक सूचक साढे १ प्रतिशतले घट्दा विकास बैंक, उत्पादन, अन्य, जीवन बीमा, र लगानी सूचक सामान्य घटेका छन् ।

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यसैगरी एनआईसी एशिया बैंकको ३३ करोड, मेरो माइक्रोफाइनान्स संस्थापक २३ करोड, मञ्जुश्री फाइनान्स २३ करोड, नेपाल लाइफ इन्स्योरेन्स २० करोड, नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड, ङादी ग्रुप पावर कम्पनी १५ करोड, नेपाल पूनर्बीमा कम्पनी १५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड र अरुण काबेली पावरको साढे १३ करोडको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ५ : २२ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध