मतभिन्नताले चीनसँग समन्वय गर्न कठिन रहेको न्युजिल्याण्डको भनाइ | Khabarhub Khabarhub

मतभिन्नताले चीनसँग समन्वय गर्न कठिन रहेको न्युजिल्याण्डको भनाइ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्याण्ड र चीनबीच चासो र मुल्य मान्यतामा मतभेदका कारण समन्वय कठिन भएको न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले बताएकी छन् ।

प्रधानमन्त्री अर्डर्नले न्युजिल्याण्ड र चीनबीच केही विषयहरुमा कहिले पनि एकमत हुन नसक्ने भन्दै यसैकारण समन्वय गर्न कठिन भईरहेको बताईन् ।
न्युजिलयाण्डको अकल्याण्ड शहरमा आयोजित चीन व्यापार सम्मेलनमा प्रधानमन्त्री अर्डर्नले यस्तो बताएकी हुन् । यधपी दुई देशबीचको मतभिन्नताले मात्र द्विपक्षीय सम्बन्धलाई परिभाषित नगर्ने उनले बताईन् ।

मुलुकको चासो र मान्यताले व्याबस्था निर्माण हुने भन्दै चीन र न्युजिल्याण्डबीच यी नै मुख्य विषयमा मतभिन्नता रहेका कारण दुई देशबीच समन्वय कठिन भईरहेको प्रधानमन्त्री अर्डर्नले बताईन् ।

चीनसँगको यस्ता मत भिन्नता रहेका कारण नै इन्डो प्यासिफिक क्षेत्र, यूरोप तथा अन्य क्षेत्रहरु पनि यी विषयमा सहमत हुन नसककेको उनले टिप्प्णी गरेकी छन् । न्युजिल्याण्ड को साझेदारहरु अमेरिका र अष्ट्रेलियाको चीनसँग सम्बन्ध चिसिएको बेला प्राधानमन्त्री मर्डर्नले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यधपी, न्युजिल्याण्ड चीनसँग कठोर हुन नसकेको भन्दै साझेदार मुलुकहरुले असन्तुष्टि व्याक्त गर्दै आएका छन् । प्यासिफिक क्षेत्रमा चीनको प्रभाव बिरुद्ध न्युजिल्याणले कठोर आलोचना गर्न नसकेको भन्दै अमेरिका र अस्ट्रेलिया असन्तुष्ट बनेको अबस्थामा प्रधानमन्त्री अर्डर्नले यस्तो टिप्पणी गरेकी दिएकी हुन् । स्रोत : सिफि

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : २७ बजे

भारतीय विदेशसचिव मिस्री र प्रधानसेनापति सिग्देलबीच भेट

 काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा वार्षिक अभ्यास सुरु

सियोल- दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त

फैसला कार्यान्वयनमा गृहमन्त्री आक्रामक : फरार अभियुक्त पक्राउ ६५ प्रतिशतले बढ्यो

काठमाडौं– गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता

व्यावसायिक कुखुरा पालनबाट मासिक एक लाख आम्दानी 

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा

पच्चीस वर्षपछि बीपी मेमोरियल क्यान्सर अस्पतालका भवनको नक्सा पास

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सा