विप्लव समूहका नेता वलीको भने : अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ « Khabarhub

विप्लव समूहका नेता वलीको भने : अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द विप्लव समूहका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाराजगंजमा आयोजित स्वागत कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले जनताको मन नजिति मुलुकमा वास्तविक जनतन्त्र नआउने बताए ।

वलीले अहिलेको कम्युनिष्ट वास्तविक कम्युनिष्ट नभएको आरोप लगाए । उनले आफू चार वर्षपछि बाहिर आएको भए पनि जेल जीवन आफ्नो लागि नौलो नभएको बताए ।

केहीवर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव समूहले गराएको बम विष्फोटमा संलग्न भएको आरोपमा वलीलाई पक्राउ गरिएको थियो ।

उनी मुटुको उपचारका लागि शहिद गंगालाल हृदयकेन्द्रमा भर्ना भएका बेला सर्वोच्चले साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ०७ बजे

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९

सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र