वाग्मतीमा ८१ हजार हेक्टरमा रोपाइँ « Khabarhub

वाग्मतीमा ८१ हजार हेक्टरमा रोपाइँ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमीनमा धान रोपाइँ सकिएको छ ।

वाग्मती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ ।

प्रदेशमा कूल एक लाख ३२ हजार २२८ हेक्टर जमीनमा धान खेती हुनेमध्ये ८१ हजार हेक्टर जमीनमा उक्त खेती भएको हो । प्रदेशमा गतवर्ष असार मसान्तसम्ममा ५२.२ प्रतिशत जमीनमा रोपाइँ गरीएको वाग्मती प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ जिल्लामध्ये चितवनमा ६५ प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । चितवनमा २८ हजार ६०० हेकटर क्षेत्रफलमध्ये १८ हजार ५९० हेक्टरमा रोपाइँ गरिएको बताइएको छ । मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेका अनुसार मकवानपुरमा सात हजार ७०० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।

यसैगरी सिन्धुलीमा १५ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये नौ हजार ९४५ अर्थात ६५ प्रतिशत, धादिङ जिल्लामा १२ हजार हेक्टर क्षेत्रफलमध्ये चार हजार ८०० हेकटर अर्थात् ४० प्रतिशत रोपाइँ सकिएको छ । भक्तपुरमा चार हजार ३०० हेक्टर जमीनमध्ये चार हजार ८५ हेक्टर जमीन अर्थात ९५ प्रतिशतभन्दा वढी रोपाइँ सकिएको छ । काठमाडौंमा सात हजार ८८० हेक्टरमध्ये सात हजार ९२ हेक्टर अर्थात् ९० प्रतिशत जमीनमा रोपाइँ सकिएको छ ।

त्यस्तै काभ्रेप्लान्चोकमा सात हजार १५० हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार ५०० हेक्टरमा धान रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार नुवाकोटमा १४ हजार ५०० हेक्टर जमीनमध्ये ३० प्रतिशत अर्थात चार हजार ३०० हेक्टर र रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत अर्थात ३८२ हेक्टर तथा ललितपुरमा चार हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ९० प्रतिशत अर्थात चार हजार १८० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार ८१० हेक्टर क्षेत्रफलमध्ये ५६ प्रतिशत अर्थात चार हजार ९३३ हेक्टर र दोलखामा दुई हजार ९२० हेक्टरमध्ये एक हजार ९८५ हेक्टर अर्थात ६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ पूरा भएको मन्त्रालयले जनाएको छ । धानखेतीतर्फ किसानले जोड दिएपनि समयमा मल र गुणस्तरीय धानको बीउ नपाउनु किसानको समस्या रहेको मकवानपुरगढीका रामप्रसाद भण्डारीको गुनासो रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ३० बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि