श्रीलंकामा आक्रमण गरेको इस्लामिक स्टेटद्वारा भारतमा ‘प्रान्त’ खोलेको घोषणा « Khabarhub

श्रीलंकामा आक्रमण गरेको इस्लामिक स्टेटद्वारा भारतमा ‘प्रान्त’ खोलेको घोषणा


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेट(आइएस)ले भारतीय भूमिलाई समेटेर नयाँ विलाया अर्थात् प्रान्तको घोषणा गरेको छ ।

इस्लामिक स्टेटसँग आवद्ध समाचार संस्था अमाकले जारी गरेको विज्ञप्तिमा भारतीय भूमिलाई नयाँ विलाया अल हिन्द अर्थात् भारतीय प्रान्तको संज्ञा दिएको हो ।

भारत प्रशासित कश्मीरको सोपियान जिल्लामा रहेको अम्सिपोरा क्षेत्रमा भारतीय सुरक्षा बल र इस्लामिक स्टेटसँग आबद्ध लडाकुबीच भीडन्त भएको समाचार सम्प्रेषण गर्दै अमाकले विलाया अल हिन्दमा आफ्ना ‘सेना’ ले भारतीय सुरक्षा बलमाथि क्षति पु¥याएको दाबी गरेको हो ।

इस्लामिक स्टेटले यसअघि सिरिया र इराकसहित उत्तर अफ्रिका, इजिप्ट, लिबिया, नाइजेरिया, यमन, अफगानिस्तान र पाकिस्तान तथा विश्वका अन्य क्षेत्रलाई समेटेर विलायाको घोषणा गर्दै आएको छ । तर, इस्लामिक स्टेटले यसअघि भारतीय भूमिलाई भने आफ्नो ‘प्रान्त’ को घोषणा गरेको थिएन ।

हाल सिरिया र इराकमा निकै नै कमजोर रहेको इस्लामिक स्टेटले विश्वका अन्य क्षेत्रमा आफ्नो प्रभाव देखाउनका लागि नयाँ स्थानमा आफ्ना प्रान्तको स्थापना गरेको हुनसक्ने बताइएको छ ।

यसअघि इस्लामिक स्टेटले नै श्रीलंकामा गराएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा २ सय ५० भन्दा धेरैको मृत्यु भएको थियो । दक्षिण एशियामा इस्लामिक स्टेटले आफ्नो तागत देखाउनका लागि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको थियो ।

केही समयअघि इस्लामिक स्टेटका प्रमुख अबु बकर बगदादीले जारी गरेको भिडियोमा विलाया तुरकिया अर्थात् ‘इस्लामिक स्टेटको टर्की प्रान्त’ लेखिएको पुस्तक पढिरहेको देखिएको थियो । यसअघि इस्लामिक स्टेटले टर्कीमा आफ्नो ‘प्रान्त’ को घोषणा भने गरेको थिएन । त्यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोको भूभाग समेटेर पनि इस्लामिक स्टेटले विलाया वसद इफरिरिकया नामक प्रान्तको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ६ : ०९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण