श्रीलंकामा आक्रमण गरेको इस्लामिक स्टेटद्वारा भारतमा ‘प्रान्त’ खोलेको घोषणा « Khabarhub

श्रीलंकामा आक्रमण गरेको इस्लामिक स्टेटद्वारा भारतमा ‘प्रान्त’ खोलेको घोषणा


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेट(आइएस)ले भारतीय भूमिलाई समेटेर नयाँ विलाया अर्थात् प्रान्तको घोषणा गरेको छ ।

इस्लामिक स्टेटसँग आवद्ध समाचार संस्था अमाकले जारी गरेको विज्ञप्तिमा भारतीय भूमिलाई नयाँ विलाया अल हिन्द अर्थात् भारतीय प्रान्तको संज्ञा दिएको हो ।

भारत प्रशासित कश्मीरको सोपियान जिल्लामा रहेको अम्सिपोरा क्षेत्रमा भारतीय सुरक्षा बल र इस्लामिक स्टेटसँग आबद्ध लडाकुबीच भीडन्त भएको समाचार सम्प्रेषण गर्दै अमाकले विलाया अल हिन्दमा आफ्ना ‘सेना’ ले भारतीय सुरक्षा बलमाथि क्षति पु¥याएको दाबी गरेको हो ।

इस्लामिक स्टेटले यसअघि सिरिया र इराकसहित उत्तर अफ्रिका, इजिप्ट, लिबिया, नाइजेरिया, यमन, अफगानिस्तान र पाकिस्तान तथा विश्वका अन्य क्षेत्रलाई समेटेर विलायाको घोषणा गर्दै आएको छ । तर, इस्लामिक स्टेटले यसअघि भारतीय भूमिलाई भने आफ्नो ‘प्रान्त’ को घोषणा गरेको थिएन ।

हाल सिरिया र इराकमा निकै नै कमजोर रहेको इस्लामिक स्टेटले विश्वका अन्य क्षेत्रमा आफ्नो प्रभाव देखाउनका लागि नयाँ स्थानमा आफ्ना प्रान्तको स्थापना गरेको हुनसक्ने बताइएको छ ।

यसअघि इस्लामिक स्टेटले नै श्रीलंकामा गराएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा २ सय ५० भन्दा धेरैको मृत्यु भएको थियो । दक्षिण एशियामा इस्लामिक स्टेटले आफ्नो तागत देखाउनका लागि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको थियो ।

केही समयअघि इस्लामिक स्टेटका प्रमुख अबु बकर बगदादीले जारी गरेको भिडियोमा विलाया तुरकिया अर्थात् ‘इस्लामिक स्टेटको टर्की प्रान्त’ लेखिएको पुस्तक पढिरहेको देखिएको थियो । यसअघि इस्लामिक स्टेटले टर्कीमा आफ्नो ‘प्रान्त’ को घोषणा भने गरेको थिएन । त्यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोको भूभाग समेटेर पनि इस्लामिक स्टेटले विलाया वसद इफरिरिकया नामक प्रान्तको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ६ : ०९ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार