पाकिस्तानको फाइभ स्टार होटलमा गोली चल्यो « Khabarhub

पाकिस्तानको फाइभ स्टार होटलमा गोली चल्यो


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको बलोचिस्तानमा रहेको एक पाँच तारे होटलमा आक्रमण भएको छ । बलोचिस्तानको गदर बन्दरगाह शहरमा रहेको एक पाँच तारे होटेलमा आक्रमण भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएको छ ।

स्थानीय समयअनुसार बेलुकी साढे चार बजे गदर शहरमा रहेको पर्ल कन्टिनेन्टल होटेलमा तीन वा चार जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाउन शुरु गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले उक्त होटेलमा कोही पनि विदेशी नागरिक नरहेको र सुरक्षाबलको प्रतिआतंकवाद एकाईले जवाफी कारवाही शुरु गरेको जनाइएको छ ।

आक्रमणमा कुनै मानवीय क्षति भने नभएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ५६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको