बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीले ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन् ।

बाढीले भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो । घटनामा अरु सात जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : १० बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको