बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु « Khabarhub

बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीले ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवासमेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन् ।

बाढीले भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो । घटनामा अरु सात जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : १० बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्