नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता « Khabarhub

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सरकार परिवर्तनसँगै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पछिल्लो १० दिन भित्र नेकपाको प्रतिनिधिमण्डलले प्रमुख दलका मूख्य नेतासँग भेटघाट गरेका छन् ।

भेटघाट तत्कालीन ओली सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनका लागि वातावरण निर्माणमा केन्द्रित भएपनि राजनीतिक समदूरी कायम गर्ने विषयमा पनि महत्वपूर्ण मानिएको छ ।

नेकपा महासचिव नेतविक्रम चन्द विप्लव नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापालाई बुढानीलकण्ठस्थित उनकै निवासमा भेटवार्ता गरेका छन् ।

गत फागुन २० गते भएको सहमति कार्यान्वयनका लागि सरकार समर्थित दलहरुसँगको छलफल बाक्लो बनाएको नेकपाले फरक एजेण्डा बोकेको राप्रपासँग पनि राजनीतिक विषयमा छलफल गरेको हो ।

राप्रपा अध्यक्ष थापाले पूर्व सरकारले गरेका तीन बुँदे सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले समेत अग्रसरता लिनुपर्ने बताए ।

भेटमा राप्रपाबाट अध्यक्ष थापासहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामाङ तथा नेकपाका महासचिव चन्दसहित नेताहरु धमेन्द्र बाँस्तोला, खड्गबहादुर विश्वकर्मासहितको टोली सहभागी थियो ।

नेकपा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतसँग यसअघि नै भेटघाट गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : ३८ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध