शरीरका अंगजस्तै देखिने यी खाने कुराले दिन्छ यस्तो लाभ | Khabarhub Khabarhub

शरीरका अंगजस्तै देखिने यी खाने कुराले दिन्छ यस्तो लाभ



तपाइँले सानैदेखि सुन्दै आउनु भएकै होला कि गाँजर आँखाको लागि राम्रो तरकारी हो भने ओखर मस्तिष्कका लागि । यसैगरि पेटको लागि अदुवा, मुटुको लागि गोलभेडा, फोक्सोको लागि अंगुर, पान्क्रियाजको लागि तितेकरेला आदिलाई पनि राम्रो फलफूल मानिने गरिएको छ ।

यी फलफूलहरू ती अङ्गहरूको लागि बास्तवमा राम्रा त छदैछन् साथै यीनको आकृति पनि ती अङ्गहरू जस्तै नै छन् । यसरी अंग र फलफूलको आकृतिलाई मिलाएर फलफूल खाने चलन पूरानो हो । आज पनि संसारमा धेरै व्याक्तिले यो विधिलाई अपनाएर अंग विशेषका फलफूल छान्ने र खाने गरेका छन् र आश्चर्यजनक रूपमा आधुनिक स्वास्थ्य अनुसन्धानहरूले पनि यी विधिहरूलाई मान्यता दिईसकेको छ ।

कुन अंगका लागि कुन फलफूल राम्रो ?

१. गाँजर आखाँको लागि राम्रोः सानैदेखि आँखाको लागि राम्रो हुन्छ भनेर नानीबाबुहरूलाई खुवाईने गरेको गाँजरलाई अब आधुनिक स्वास्थ्य अनुसन्धानले पनि आँखाका लागि साच्चै राम्रो भनेर प्रमाणीत गरिसकेको छ । वास्तवमा गाँजरको एउटा गोलाकार चानालाई उठाएर हेर्ने हो यसको केन्द्रीय भागको आकृति र हाम्रो आँखाको नानीको आकृति मिल्न जान्छ । यही आकृति मिलेका कारणले हाम्रा पिता पुर्खाले गाँजरलाई आँखाको लागि राम्रो फल माने र आज आएर यो तथ्य वैज्ञानिक रूपमा पनि पुष्टि भइरहेको छ । गाँजरमा आँखाका लागि चाहिने भिटामिन “ए” बन्न चाहिने बिटा क्यारोटीन पाईन्छ । यसैगरि गाँजरमा मोतीबिन्दु हुन नदिने ल्यूटीन नामक वनस्पतीय रङ्ग पनि पाईन्छ ।

२. ओखर मस्तिष्कको लागि राम्रोः ओखरको र हाम्रो मस्तिष्कको आकृति पनि  मिल्दोजूल्दो छ । यसैले परापूर्वक कालदेखि ओखरलाई मस्तिष्कको लागि पोषक खानेकुरा मानिदै आएको हो । आधुनिक चिकित्सा विज्ञानले पनि ओखरमा मस्तिष्कको लागि लभदायक धेरै तत्वहरूको पहिचान गरिसकेको छ । ओखरमा मस्तिष्कको लागि आवश्यक भिटामिन ई, फोलिक अम्ल, ओमेगा–३ फ्याट र अनेकै एण्टि अक्सीडेण्टहरू पाईन्छन्। ओखरमा विद्यमान यी तत्वहरूको सेवनले मस्तिष्कको विकास राम्रो हुने, संज्ञानात्मक एवं चलनात्मक कार्य क्षमता बढ्ने, तनाव कम हुने र मानसिक ताजगी बढ्ने गर्दछ ।

३. अदुवा पेटको लागि राम्रोः अदुवाको आकृति पनि हाम्रो पेटको जस्तै जस्तै हुन्छ । यस जडिबुटिलाई विभिन्न देशका परम्परागत चिकित्सा विज्ञानले पाचक द्रव्यका रूपमा अपनाउदै आएको छ । जब हामीले खाएको खाने कुरा पच्दैन, खाना रूच्दैन, अपच, अजिर्ण, अम्लपित्त आदिबाट ग्रस्त भईन्छ त त्यतिखेर अदुवा खाने चलन छ । अदुवामा जिञ्जीरोल नामक शक्तिशाली एण्टिईन्फ्लामेटरी एवं एण्टिअक्सिडेण्ट  पाईन्छ । यसले ग्याष्ट्रिाईटिसको कारणले हुने अपच, अजिर्ण, आदि ठीक गर्न र अम्लपित्त ठीक गर्न मद्दत गर्दछ ।

४. डूम्म्री अण्डकोषको लागि राम्रोः डूम्म्रीको आकृति र अण्डकोषको भित्री आकृति पनि मिल्दो जूल्दो नै छ । डूम्म्रीमा शुक्रकीट परिपक्क हुन चाहिने क्यालसीयम, पोटासीयम, म्याग्नीज, जीङ्क, भीटामीन बी–६ खाद्यरेशा जस्ता पोषक तत्वहरू प्रशस्त पाइन्छ । डूम्म्रीले महीलाहरूको प्रजनन क्षमतालाई पनि फाईदा पुर्‍याउँदछ ।

५. गोलभेडा मुटुको लागि राम्रोः गोलभेडाको आकृति र हाम्रो मुटुको आकृति साथै गोलभेडाको रङ्ग र हाम्रो मुटुको रङ्ग अत्यधिक मिल्दछ। यसैले होला परापूर्वककाल देखि मुटु स्वास्थ राख्न गोलभेडा खाने सल्लाह दिइएको होला । तर, आज यो सल्लाह वैज्ञानिक तथ्यहरूद्वारा पनि समर्थित हुँदै छ । गोलभेडामा हाम्रो मुटु एवं रक्तनलीहरूलाई स्वस्थ राख्ने लाइकोपाइन्स भन्ने शक्तिशाली एण्टिअक्सिडेण्ट पाइन्छ । लाइकोपाईन्सको नियमित सेवनले हृदयघात र मस्तिष्कघातको समस्यालाई रोकथाम गर्दछ ।

६. राजमा मृगौलाको लागि राम्रोः राजमा र हाम्रो मृगौलाको आकृति र रङ्ग हुबहु मृगौलासँग मिल्दछ । यो दलहन बाली मृगौलाको लागि आवश्यक धेरै वटा पोषक तत्वहरूले भरिपूर्ण छ । राजमामा घुलनशील एवं अघुलनशील खाद्य रेशाहरू, कम चिल्लो र पोटासियम र म्याग्नेसियमजस्ता खनिज आदि पाइन्छ । रगतमा पोटासियम र म्याग्नेसियमको कमी भएमा मृगौलाको पत्थरी हुने सम्भावना उच्च रहन्छ । यसैगरि राजमाको सेवनले मधुमेह नियन्त्रण गर्नमा पनि मद्दत गर्दछ र मधुमेह नियन्त्रीत भए मृगौलाको स्वास्थ्य राम्रो रहन्छ ।

७. ‍अमिला फलफूल स्तनको लागि राम्रोः अमिला फलफूलः सुन्तला, कागती, भोगटे, जुनार, मौषमी, शंखेत्रो, भूईकटहर जस्ता अमिलो स्वाद भएका फलफूलहरूलाई सिट्रस फ्रूट्स भनिन्छ । यी फलफूलको भित्री आकृति र महिलाहरूको स्तनको भित्री आकृति पनि मिल्दो जुल्दो नै हुन्छ । यी फलफूलहरूमा प्रशस्त मात्रामा एस्कर्बीक एसिड एवं फोलिक एसिड जस्ता भिटामीन, बीटा क्रिप्टोज्यानथिन र बीटा क्याराटीनजस्ता एण्टिअक्सिडेण्ट र पोटासियम र म्याग्नेसियमजस्ता खनिज पदार्थ र क्वीरसेटीन नामक फ्लेभिनाईड पनि पाईन्छ । यी पोषक तत्वहरू स्तन क्यान्सरको रोकथाम एवं उपचारका लागि राम्रो मानिएका छन् ।

८. अङ्गूर फोक्सोको लागि राम्रोः अंङ्गूरको भूप्पा र हाम्रो फोक्सोको आल्बीयोलाईको आकृति पनि झण्डै झण्डै मिल्दछ । अङ्गूरमा एन्थोकाईन्स नामक शक्तिशाली एण्टिअक्सिडेण्ट पाईन्छ । एन्थोकाईन्सले फोक्सोमा भइरहने संक्रमण घटाउने, कफ बन्न कम गर्ने र फोक्सोको प्यारेन्काइमाहरूलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउने गर्दछ ।

९. तिते करेला पान्क्रियाजको लागि राम्रोः तिते करेला र पान्क्रियाजको आकृति पनि हुबहु मिन्दछ । यस फललाई मधुमेह नाशक फलको रूपमा विश्वका धेरै परम्परागत औषधि विज्ञानहरूले उपयोग गर्दै आएका छन्। यसको सेवनले पान्क्रियाजको कार्यलाई बढाउने र पान्क्रियाटिक क्यान्सर हुनबाट पनि रोकथाम गर्दछ ।

१०. एवोकादो पाठेघरको लागि राम्रोः एवोकादोको आकृति र पाठेघरको आकृति पनि धेरै हदसम्म मिल्न जान्छ । यसमा पाठेघरको स्वास्थ्यको लागि आवश्यक स्वस्थकर चिल्लो, भिटामिन बी–६ (पाईरिडोक्सीन), पोटासियम जस्ता पोषक तत्व प्रचूरमात्रामा पाईन्छ । यस फलको सेवनले पाठेघरको लुब्रिकेसन राम्रो हुने, हारमोनहरू व्यवस्थित हुने र गर्भधान सजिलै हुने मान्यता रही आएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : ५५ बजे

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय