सीमावर्ती क्षेत्रका नेपाली नै राष्ट्रियताको प्रथम रक्षक : राप्रपा वरिष्ठ नेता सुब्बा « Khabarhub

सीमावर्ती क्षेत्रका नेपाली नै राष्ट्रियताको प्रथम रक्षक : राप्रपा वरिष्ठ नेता सुब्बा


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन् ।

‘नेपाली भूभाग, साँध सीमाना रक्षा गर्नेदेखि नागरिकता दुरुपयोगमा रोक लगाउने सम्मका राष्ट्रिय स्वार्थ जगेर्नामा सीमावर्ती क्षेत्रका जनताको ठूलो योगदान छ । राष्ट्रिय स्वार्थका लागि तिनको रगत पसिना बगेको छ,’ राप्रपाका नेता सुब्बाले भने ।

नेपालीले नागरिकता नपाउने, सीमा पारका मानिसले श्रेष्ता मिलाएर नागरिकता लिने क्रम जारी रहेको भन्दै पूर्वमन्त्री सुब्बाले चिन्ता व्यक्त गरे । सरकारले यस किसिमको दुरुपयोग तत्काल नियन्त्रण गर्नु पर्नेमा उनको जोड थियो ।

नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित राप्रपाको हरिनगरा गाउँपालिकास्तरीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सुब्बाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘सरकार र व्यक्ति परिवर्तनले मात्र देश र जनताको गम्भीर समस्या समाधान हुँदैन,’ उनले भने । ‘जनताले विकल्प खोजेका छन् । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार भएर, सुझबुझ पूर्ण रुपमा जनतामाझ जाने हो भने, राप्रपा त्यो विकल्प हुन सक्दछ ।’

राप्रपाको भेलाले रमानन्द मेहतालाई सर्वसम्मत रुपमा गाउँपालिका कार्य समितिको अध्यक्ष चयन गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु हसबुल मिया, ईनु अधिकारी र योगमाया तिम्सिना, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत, जिल्लाको संगठन विभाग प्रमुख नविन थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : १५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार