दयाहाङको फिल्म ‘आप्पा’ को रिलिज मितिमा हेरफेर | Khabarhub Khabarhub

दयाहाङको फिल्म ‘आप्पा’ को रिलिज मितिमा हेरफेर


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘आप्पा’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । साथै फिल्मको रिलिज मिति पनि हेरफेर गरिएको छ । सार्वजनिक ‘अमला’ गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ ।

केही महिना पहिले फिल्मको रिलिज मिति जेठ २४ गतेलाई तोकेको थियो । निर्माण टिमका अनुसार अब भने यो फिल्म असार १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बाबुछोराको सम्बन्धमा बनेको यो फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् भने रुदेन सादा लेप्चाको निर्माण गरेका हुन् ।

दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको ‘आप्पा’मा निर्देशक गुरुङकै कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी. कार्कीको छाया‌ंकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : ५३ बजे

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने