कोरोना सङ्क्रमणमुक्त हुने दर घट्दो | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणमुक्त हुने दर घट्दो


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो ।

यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा आज यो दर ९४.१ प्रतिशत पुगेको छ । यही साउन ८ गते एक हजार ६७८ जना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको थियो ।

यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुई हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ ।

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले सङ्क्रमित बढिरहेकाले सङ्क्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, “सङ्क्रमित हुनेको सङ्ख्याको अनुपातमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या कम देखिएकाले यो दर घटेको हो ।”

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ८ : ३० बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन