एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि « Khabarhub

एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रिस्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको छानविन क्रममा युएन शाखाका एसपीको घर्राबाट प्रश्नपत्र चोरी भएको पुष्टि भएको छ ।

डिआईजी वसन्त लामा नेतृत्वको छानविन समितिका एक सदस्यका अनुसार युएन शाखाका एसपी अनुपम शमशेर राणाको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले साउन १३ गते साँझ ८ बजे प्रश्नपत्र निकालेको पुष्टि भएको हो ।

ती सदस्यले खबरहबसँग भने, ‘प्रि–स्याट’को प्रश्नपत्र एसपी राणाको घर्रारामा राखिएको रहेछ, एसपी राणा घर्राको चावि लगाएर हिडिसकेपछि कार्यालय सहयोगी सुरेश बमले अर्को चावि प्रयोग गरेर साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको खुलेको छ । यो विषयमा थप छानविन गर्दैछौँ।’

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ

छानबिन समितिका ती सदस्यका अनुसार छानविनका क्रममा सुरेशले प्रश्नपत्र निकालेर हवल्दार कुमार शाहलाई दिएको बयान दिएका छन् ।

छानविनसहितले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग पनि बयान लिएको छ । बयानका क्रममा शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन् । समितिका सदस्यले खबरबसँग भने, ‘हामी सँगको बयानका क्रममा हबल्दार शाहले डिएसपी खड्कालाई प्रश्नपत्र दिएको स्वीकारेका छन् ।’

हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले नक्सालस्थित प्रहरी गण नम्बर–१ को आन्तरिक थुनामा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले छनविन भइरहेको र छानविन सकिएपछि यथार्थ बाहिर आउने बताए । खबरहब सँग कुरा गर्दै एसएसपी कुँवरले भने, ‘प्रश्न पत्र लिक भएको सम्बन्धमा अहिले ‘छानबिन जारी छ, छानबिन सकिएपछि दोषी भेटिए सोही अनुसार कारवाही हुन्छ ।’

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

यो पनि पढ्नुहोस्

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : १६ बजे

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै