भारतमा दैनिक सङ्क्रमित दरमा कमी, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्यो « Khabarhub

भारतमा दैनिक सङ्क्रमित दरमा कमी, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्यो


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।

शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो ।

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयावधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या घटेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कूल सङ्ख्या चार लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका छन् ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको सङ्ख्या ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : ४० बजे

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय