श्रीलंकामा सामाजिक सञ्जाल पुनः बन्द, मुलुकभर कर्फ्यू « Khabarhub

श्रीलंकामा सामाजिक सञ्जाल पुनः बन्द, मुलुकभर कर्फ्यू


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– इष्टर सन्डेका दिन २५० भन्दा धेरैको ज्यान जानेगरी आतंकवादी संगठन इस्लामिक स्टेटले गराएको श्रृङ्खलाबद्ध बम आक्रमणपछि मुलुकमा रहेका मुसलमान धर्मावलम्बी विरुद्ध हिंसाका घटना बढेको भन्दै मुलुकभर निषेधाज्ञा जारी गरिएको छ भने सरकारले सामाजिक सञ्जाललाई बन्द गरिदिएको छ ।

श्रीलंकाको पश्चिमी क्षेत्रमा रहेको कुरुनेगला क्षेत्रमा मुसलमान अल्पसङ्ख्यक तथा उनीहरुको सम्पत्तिलाई निशाना बनाएर हिंसात्मक घटना भएको र केही मस्जिदहरुमा आगो लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, मुसलमान धर्मावलम्बीलाई दुव्र्यवहारका घटनाको उजुरी पनि बढेको प्रहरीले जनाएको छ । यससँगै त्यहाँ नयाँ किसिमको जातीय द्वन्द्व हुनसक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरिएको हो ।

त्यसबाहेक सरकारले मुलुकभर निषेधाज्ञा कर्फ्यू समेत जारी गरेको छ । मुसलमान धर्मावलम्बीविरुद्ध हिंसात्मक आक्रमण गर्ने मानिसहरुको समूहलाई प्रहरीले गिरफ्तार गरेको भएपनि उनीहरुलाई रिहा गर्न स्थानीयबाट चर्को दबाब आएको श्रीलंकाली सेनाको प्रवक्ता सुमिथ अटपट्टुले जनाएका छन् । श्रीलंकामा भएको आक्रमणपछि सरकारले सेनालाई विशेष अधिकार दिई हिंसा रोक्ने जिम्मा दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ५५ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज