स्याललाई हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु « Khabarhub

स्याललाई हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।

बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शुक्रबार साँझ करिब ६ बजेको समयमा घटना भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : १५ बजे

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न

निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको