काठमाडौँ– भारतमा थप ३३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३३ हजार २२१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख २५ हजार १७५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८९ हजार ५४२ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४२१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार ६७४ पुगेको छ ।
प्रतिक्रिया