निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएन « Khabarhub

निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएन


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– झण्डै बीस वर्षअघि नेपालमा चोरी शिकारीले सबैभन्दा बढी गैंडा मारेका थिए ।

चोरी शिकारीले वि.स. २०५८ सालमा ३८ गैंडा मारेका थिए । चोरी शिकारीले गैंडा मार्ने क्रम बढेपछि मध्यवर्ती क्षेत्रका युवाको सक्रियतामा गैंडा संरक्षण अभियानहरु चल्दै आएका छन् ।

२०७२ सालमा गणना गर्दा नेपालमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए । त्यतिबेलाको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा रहेको भेटिएको थियो ।

गएको चैतमा गणना गर्दा संख्या बढेर ७ सय ५२ गैंडा भेटियो । गत उक्त गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा १७ वटा, बर्दिया राष्टिय निकुञ्जमा ३८ वटा र पर्सामा ३ वटा गैंडा भेटिए । हरेक पाँच पाँच वर्षमा गैंडा गणना गरिँदै आएको छ ।

विश्वमै दुर्लभ एक सिङ्गे गैंडाको जोडी तीन वर्षअघि नेपालले चीनलाई उपहार दिएको थियो ।

माओवादी राजनीति द्वन्द्व उत्कर्षमा पुगेकाबेला ०५८ सालमा चोरी शिकारीले सबैभन्दा बढी संख्यामा गैंडा मारे पनि त्यसयता भन्दा चोरी शिकारीले गैंडामा मार्ने क्रम न्यून भएको छ । तर कालगतिले गैंडा मर्ने क्रम भने बढिरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ वटा मरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा मात्रै ४३ वटा गैंडा कालगतिले मरेका छन्।

सबैभन्दा बढी गैंडा रहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको एक महिनाको अवधिमा मात्रै ६ वटा गैंडा मरेका छन् । निकुञ्ज प्रशासनकाअनुसार ६ गैंडामध्ये पाँच गैंडा कालगतिले मरेको भेटिएको छ।

निकुञ्जको चितवनको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलीचौरमा गत साउन ११ गते अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको थियो ।

उक्त गैंडाको खाग काटिएको र टाउकाको हड्डीमा गोली लागेको जस्तो चोट देखिएको निकुञ्जले बीस दिनपछि आइतबार मात्रै सार्वजनिक गरेको थियो । यद्यपि अनुसन्धान जारी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

पछिल्लो पटक साउन २० गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने नवलपुरको कावासोती ७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृत फेला परेको थियो।

त्यसअघि साउनको पहिलो साता नवलपुरकै अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको थियो । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैंडा भेटिएको थियो ।

यस्तै, साउन ४ गते चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा भेटिएको थियो । मृत भेटिएका ती सबै गैंडाको अंगहरु सुरक्षित रहेका थिए ।

कालगतिले गैंडा मरे पनि चोरी शिकारीले गैंडा मार्ने क्रम भने कम रहेको निकुञ्जको भनाइ छ । पछिल्लो समय मानवीय कारणले भन्दा पनि प्राकृतिक कारणले गैंडा मरेको संरक्षण अधिकृत बराल बताउँछन् । त्यसैले गैंडा संरक्षणमा सफलता मिलेको उनको भनाइ छ ।

गैंडा मारेमा वा यसको अंग किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : १० बजे

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश