आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगे « Khabarhub

आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगे


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये २ ९६ जना नेपाली स्वदेश आइपुगेका हुन् । मङ्गलवार बिहान ११८ जना, त्यही दिन राति ८४ जना, बुधवार बिहान ६५ जना र दिउँसो २५ जना तथा बिहीबार थप आठ जना गरी २९६ जना काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार जजिरा एअरको कुवेत–काठमाडौँ नियमित उडानबाट आठ जना नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ पाँच बजेसम्म तीन सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

त्यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सकिनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ०३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर