आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगे « Khabarhub

आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगे


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये २ ९६ जना नेपाली स्वदेश आइपुगेका हुन् । मङ्गलवार बिहान ११८ जना, त्यही दिन राति ८४ जना, बुधवार बिहान ६५ जना र दिउँसो २५ जना तथा बिहीबार थप आठ जना गरी २९६ जना काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार जजिरा एअरको कुवेत–काठमाडौँ नियमित उडानबाट आठ जना नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ पाँच बजेसम्म तीन सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

त्यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सकिनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ०३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको