‘ब्याण्ड बाजा’ बजाएर ‘वीर विक्रम २’ को भव्य प्रिमियर | Khabarhub Khabarhub

‘ब्याण्ड बाजा’ बजाएर ‘वीर विक्रम २’ को भव्य प्रिमियर


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

काठमाडौं – मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । राजधानीको कुमारी हलमा रिलिजको दुई दिनअघि गरिएको प्रिमियरमा फिल्मका शीर्ष कलाकारलाई सम्मानस्वरुप रोयल कार्पेटमा हिँडाइयो । रोयल कार्पेटमा फिल्मका शीर्ष कलाकार पल शाह, वर्षा शिवाकोटी, बुद्धि तामाङ र नाजिर हुसेन मुख्य आकर्षण बने ।

प्रिमियरमा ब्याण्ड बाजा बजाएर कलाकारको इन्ट्री गराइएको थियो ।

तस्वीर – आर्यन बिमली

साँझ साढे ६ बजे नै शुरु गरिने भनिएको प्रिमियर निर्धारित समयभन्दा केही ढिलो शुरु भएको थियो । प्रिमियरमा सीमित कलाकारलाई आमन्त्रण गरिएको थियो । यस्तै पत्रकार तथा कलाकारले ‘वीर विक्रम २’ हेरेका थिए । प्रिमियरमा निर्माण टिमका बाहेक अभिनेता भुवन केसी, शिव श्रेष्ठ,  नायिका अनु शाह, शिल्पा मास्के, कुञ्जना घिमिरे, कलाकार सन्दीप क्षेत्री भारतीय टिभी शो डीआईडीकी च्याम्पियन तेरिया मगर लगायत उपस्थित थिए ।

तस्वीर – आर्यन बिमली

फिल्म हेरिसकेपछि अतिथि कलाकारले फिल्मको तारिफ गरे । कलाकारले फिल्मले मन छोएको प्रतिक्रिया दिए । मुस्ताङका हिमाली भेगमा खिचिएका दृश्यले आफ्नो मन छोएको प्रतिक्रिया दिएका थिए । नायिका शिल्पा मास्केले फिल्म मन परेको बताइन् । उनले पूरै फिल्म राम्रो मनोरञ्जनमूलक भएको बताइन् ।

तस्वीर – आर्यन बिमली

यस्तै अभिनेता शिव श्रेष्ठले धेरै वर्षपछि राम्रो फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । ‘यो फिल्मले मन छोयो, कलाकारको अभिनयले मलाई निकै छोयो,’ श्रेष्ठले भने । यस्तै भुवन केसीले पनि फिल्मले आफूले मन परेको भन्दै निर्देशक चाम्सलाई बधाई दिए । उनले हरेक कलाकारको काम निकै मन परेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ ।’

फिल्मले नेपाली दर्शक मन पराउने आम दर्शकलाई मन पराउने आशा गरिएको छ । फिल्म हेरेका दर्शकले कलाकार बुद्धि तामाङको खुलेर तारिफ गरेका थिए । उनको भूमिका अन्य फिल्ममा भन्दा फरक छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : १५ बजे

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

मनिला– यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने

अवैध लागूऔषधसहित दुई जना पक्राउ 

काठमाडौं– प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा