आठ महिनामा ६६ हजार विदेशी पर्यटक आए | Khabarhub Khabarhub

आठ महिनामा ६६ हजार विदेशी पर्यटक आए


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् ।

अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए । कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्क छ । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ ।

बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका बताए । उनका अनुसार यो वर्षको जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : ३० बजे

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी

सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित

मुस्ताङ- यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा

डिजेलको मूल्य घट्यो, पेट्रोलको भने यथावत (सूचीसहित)

काठमाडौँ- पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपाल