कुलमानको नियुक्ति विरुद्धको रिटमाथि प्रधानन्यायाधीश राणाको इजलासमा सुनुवाइ हुँदै « Khabarhub

कुलमानको नियुक्ति विरुद्धको रिटमाथि प्रधानन्यायाधीश राणाको इजलासमा सुनुवाइ हुँदै


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइ हुँदैछ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सो रिटमाथि सुनुवाइ हुन लागेको हो ।

घिसिङ अघिका कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । ओली सरकारका पालामा घिसिङको पहिलो कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब परे पनि ओली सरकारले शाक्यलाई कार्यकारी अधिकृत नियुक्त गरेन ।

ओली सरकारको बहिर्गमनपछि बनेको देउवा सरकारले शाक्यलाई ऊर्जा आयोगको सदस्यमा र घिसिङलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो । सरकारको सो निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ३२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले