एमसीसीले नेपाललाई पठायो जवाफ, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्टोक्ति (पूर्णपाठ) « Khabarhub

एमसीसीले नेपाललाई पठायो जवाफ, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्टोक्ति (पूर्णपाठ)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सोधेको प्रश्नको जवाफ एमसीसीले पठाएको छ । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसीलाई विभिन्न ११ वटा प्रश्नसहित एमसीसी कम्प्याक्टबारे स्पष्ट पार्न भनेको थियो ।

एमसीसीले बुधबार अर्थमन्त्री जनादर्न शर्मालाई सम्बोधन गर्दै जवाफ पठाएको छ । नेपालले सोधेका प्रश्न र त्यसको जवाफ समावेश गरेर एमसीसीले ११ वटै प्रश्नको जवाफ दिएको छ ।

एमसीसी कम्प्याक्ट नेपालको संविधानभन्दा माथि नरहेको, त्यसको लेखापरीक्षण नेपालको महालेखा परीक्षणले गर्न पाउने, आन्तरिक सुरक्षा मामिलामा कुनै हस्तक्षेप नहुने जवाफ पठाएको छ । एमसीसीकी उपप्रमुख फातिमा सुमारले अर्थमन्त्री शर्मालाई पत्र लेखेर जवाफ दिएकी हुन् । सुमार विहीबार नेपाल आउँदैछिन् । उनले नेपाल आउनुअघि एमसीसीबारे सोधिएका प्रश्नको जवाफ दिएकी हुन् ।

५०० मिलियन अमेरिकी डलर अनुदानको सो सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । तर नेपालमा यो सम्झौताबारे राजनीतिक विभाजन हुँदा संसदमा टेबुल भए पनि अनुमोदन हुन सकेको छैन ।

सत्तारुढ गठबन्धनकै महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अहिलेकै अवस्थामा अनुमोदन नहुने अभिव्यक्ति बुधबारमात्र दिएका छन् । विभिन्न समूहहरुले एमसीसीविरुद्ध प्रदर्शनसमेत गरिरहेका छन् ।

यस्तो छ पूर्ण पाठ

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ५७ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर