मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेति गरिँदै | Khabarhub Khabarhub

मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेति गरिँदै


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मानव स्वास्थ्यका लागि फाइदाजनक मानिएको ड्रागन फ्रुटको मकवानपुरमा व्यावसायिक रुपमा खेती सुरु गरिएको छ । पछिल्लो समय करोडौँ लगानी गरी यहाँका किसान ड्रागन फ्रुटको व्यावसायिक खेती गर्न लागिपरेका छन् ।

जिल्लामा दुई वर्षयता १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै आएको छ । सो खेतीको विस्तार क्रमशः बढ्दै गएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए । जिल्लाको गर्मी ठाउँमा यसको व्यावसायिकरुपमा खेती भइरहेको छ । करेसाबारी, घरको छतमा तथा खेतमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

“जिल्लालाई ड्रागन फ्रुटमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ”, अर्यालले भने । जिल्लाको मनहरि, बकैया, मकवानपुरगढी तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ठाउँमा ड्रागन फ्रुटको व्यावसायिक खेती भइरहेको छ । सबैभन्दा बढी हेटौँडा–११, १२ र १७ मा यसको खेती गरिएको छ । “धेरैले घरको छत र करेसावारीमा ड्रागन फ्रुट लगाउने गरेको पाइएको छ”, अर्यालले भने ।

ड्रागन एक पटक लगाएपछि २० वर्षसम्म सोही बिरुवाबाट फल दिने गर्दछ । दुई वर्षदेखि ड्रागन खेतीमा समपिर्त मनहरिका हरिशरण अर्यालले लगानीअनुसार प्रतिफल प्राप्त भइरहेको बताए ।

 बाह्र कट्ठा जग्गामा यसको खेती सुरु गरेका उनले वर्षेनी विस्तार गर्दै लगेका छन् । अर्यालले प्रतिकिलो ड्रागन रु ६ सयदेखि रु सात सयसम्ममा बिक्री गर्दै आएको बताए ।

नेपालमा पछिल्लो समय ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल दाङ, चितवन, झापा, धनकुटालगायत जिल्लामा व्यावसायिक रुपमा यसको खेती गरिँदै आएको छ ।

मनहरि, मकवानपुरगढी र थाहा नगरपालिका कृषि र पशुपालनका लागि नमूना क्षेत्र मानिन्छन् । यहाँको प्रमुख आयस्रोत नै कृषि र पशुपालन हो । जिल्लामा हाल साना ठूला गरी ७० भन्दा बढी पशुपालन केन्द्र सञ्चालनमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ५९ बजे

झापा महिला गोल्डकप सोमबारदेखि

बनियानी– ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

क्वालालम्पुर- गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार

वरुणको नेतृत्वमा चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै, ५० करोड लगानी

काठमाडौं-राजनीतिक अन्योल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन

थापाथलीस्थित राम मन्दिर परिसरमा महानगरपालिकाले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ

माओवादीसँग मिल्ने निर्णयविरुद्ध उभिए एकीकृत समाजवादीका यी नेता, विद्रोह गर्ने चेतावनी

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड