नेपाल टस हारेर पहिला बलिङ गर्दै « Khabarhub

नेपाल टस हारेर पहिला बलिङ गर्दै


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी क्रिकेट वर्ल्ड कप लिग– २ मा नेपालले अमेरिकासँगको खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो ।

सोमबार सुरु भएको यो त्रिकोणीय सिरिजमा अर्को टिम ओमान सहभागी छ । नेपाल र ओमानबीच पहिलो खेल मंगलबार हुनेछ । नेपालले लिग–२ खेल्नुअघि पपुवा न्यूगिनीसँग दुई खेलको ओडीआई सिरिज खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि सोमबार अमेरिकासँगको खेलमा पीएनजीसँगै उत्रिएको नेपाली टिम मैदानमा आएको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : १३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा