ठेकेदारमाथि आक्रोश पोख्दै प्रचण्डले भने– म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन « Khabarhub

ठेकेदारमाथि आक्रोश पोख्दै प्रचण्डले भने– म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासको एजेन्डामा सत्तापक्ष र प्रतिपक्ष एक जुट भएर जान चाहेको बताएका छन् । उनले विकासमा सत्ता पक्ष र विपक्ष नहुने बताए ।

शनिवार नुवाकोटमा आयोजित कार्यक्रलाई सम्बोध गर्दै प्रचण्डले नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि यसअघि भएका ऐन कानूनको संशोधन गर्न जरुरी भएको बताए ।

उनले ठेकेदारका कारण विकास निर्माणको काममा अवरोध सिर्जना भइरहेको भन्दै गलत गर्ने ठेकेदारहरुलाई कारवाही गर्नुपर्ने बताए ।

आफू ठेकेदारको घरमा गएर बसेको प्रसंग आउने गरेको भन्दै प्रचण्डले त्यसलाई प्रस्टाउन खोजे । ‘ठेकेदार कम्पनीले कहाँ कहाँ ठेक्का पाएको छ भनेर म बस्न गएको पनि होइन र म गएपछि ठेक्का पाएको होइन’ प्रचण्डले भने,‘ सरकारले कडा कदम चालेर ठेकेदारलाई ठिक ठाउँमा राखोस् भन्न चाहन्छु ।’

नीति कार्यक्रम अघि आफूले प्रधानमन्त्री ओलीसँग यसबारे कुरा गरेको र यी विषय नीति तथा कार्यक्रममा समावेश भएको प्रचण्डको भनाइ थियो ।

‘विकास निर्माणका आकांक्षा र जनताका सपना लथालिंग हुसने खतरा छ,’ प्रचण्डले भने,‘खरिद ऐनका कारण पूँजिगत खर्च हुन सकेन र अर्बौं पैसा फ्रिज भएर जाने जुन पीडा भोगेका छौं त्यसको अन्त्यका लागि खरिद ऐनमा सुधार गर्न जरुरी छ ।’

ठेक्का प्रणालीका कारण ठेकेदारले लाखौं, करोडौं र अर्बौं रकम केही वर्षमा कमाउने र जनताले चाहिँ सधै पीडा भोग्ने कुराको अन्त्य नभएसम्म विकास निर्माण हुन नसक्ने प्रचण्डको भनाइ थियो ।

काम हुनु भन्दा अघि नै धेरै प्रतिशत पैसा ठेकेदारलाई दिने परिपाटीले गर्दा समस्या उत्पन्न भएको प्रचण्डको भनाइ थियो । ‘काम अघि नै ठेकेदारलाई २० प्रतिशत रकम दिने गरिएको छ जसलाई लगेर उसले जग्गा किनेर अर्बौं कमाउने गरेको छ ।’

‘म कसको घरमा बसेको भन्ने मुख्य कुरा होइन’ प्रचण्डले भने,‘ ६ /८ ओटा ठेकेदार कम्पनीले दशमा धेरै ठेक्का हात पार्छन् ।’  कुन नेतालाई र कर्मचारीलाई के भनेर ठेक्का हात पार्न पाइन्छ भन्ने ठेकेदारहरुलाई राम्रो संग थाहा भएको भन्दै प्रचण्डले त्यस कारण यो प्रणालीलाई फेर्न जरुरी भएको तर्क गरे ।

अब नेपाललाई समृद्धिको नयाँ यात्रा तिर लैजानका लागि हिजोका ऐन कानूनमा संशोधन जरुरी भएको उनको भनाइ थियो ।

ठेकेदारलाई धारे हात लगाएर मात्र मुक्ति नपाइने भन्दै प्रचण्डले राज्य र सरकारले पनि भूमिका खेल्नु पर्ने बताए ।

विदेशी लागनीकर्ताहरु नेपालमा आएपनि प्रणालिगत ढिलासुस्तीका कारण उनीहरु एक दुई वर्षमा नै निराश भएर फर्कने गरेको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ५ : १३ बजे

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि