नेपालमा पनि मनाइँदै अन्तर्राष्ट्रिय शान्ति दिवस « Khabarhub

नेपालमा पनि मनाइँदै अन्तर्राष्ट्रिय शान्ति दिवस


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर आज विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै छ ।

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।

सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।

आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन-निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन ।

शान्तिका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले यो सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै प्रदर्शन गर्न लागेको महासचिव रामकृष्ण बरालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : २५ बजे

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत