आजका समाचार : रसुवा र नुवाकोटमा बाढीको विनाशलीला, नेपालीसहित ४०३ बेपत्ता, बिपद्मा नेपालाई सघाउन भारत-चीन तयार मोदी र छिमेकीसँग संवाद तीव्र बनाउँदै इरान « Khabarhub

आजका समाचार : रसुवा र नुवाकोटमा बाढीको विनाशलीला, नेपालीसहित ४०३ बेपत्ता, बिपद्मा नेपालाई सघाउन भारत-चीन तयार मोदी र छिमेकीसँग संवाद तीव्र बनाउँदै इरान


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनबाट नयाँ तथ्य सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको छ।

प्रारम्भिक अध्ययनअनुसार हिम–चट्टान पहिरोपछि ठूलो परिमाणमा गेग्रान तथा पानी ल्हेन्दे खोलामा मिसिएर त्यसपछि बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा हिजो भदौ ९ र आज भदौ १० गतेका स्याटेलाइट तस्बिरमा हिम–चट्टान पहिरो तथा त्यसपछि ल्हेन्दे खोलामा आएको बाढीको अवस्था देखाइएको उल्लेख छ।

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरी नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीका कारण ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा भारत नेपाली जनताको साथमा रहेको बताएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सम्भव भएसम्म सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको जानकारी दिएका छन्।

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

हर्कको अपिल : विपद्‍मा सत्तापक्ष- प्रतिपक्ष नभनी ‘एक टिम, एक राष्ट्र’ बनेर जुटौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपिल गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश ‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन अपिल गरेका छन् ।

उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्व सूचना तथा आधिकारिक जानकारी आदानप्रदान अत्यन्त संवेदनशील र अनिवार्य रहेको धारणा राखे ।

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा बनाइरहेका बेला विश्वभरका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासमा भिसा अन्तर्वार्ताका लागि तोकिएका समय अस्थायी रूपमा रोकेको रोयटर्सले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले यो कदम भिसा अधिकारीहरूको विश्वव्यापी प्रशिक्षण कार्यक्रमसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले विश्वभरका अमेरिकी कूटनीतिक नियोगमा भिसा आवेदन मूल्याङ्कनसम्बन्धी व्यापक प्रशिक्षण सुरु गरिएको र त्यसलाई समायोजन गर्न भिसा सेवाका लागि तोकिने समय परिवर्तन गरिएको बताएका छन् ।

अन्तर्वार्ता पुनः कहिलेदेखि सुरु हुनेछ वा नयाँ समय कहिले तोकिनेछ भन्नेबारे विभागले कुनै समयसीमा दिएको छैन ।

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ८ : ०० बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार