छात्राहरुसँगै बसेर हिमानीले भनिन् : मेहनत गरेर पढ्नू, असल मान्छे बन्नू (फोटोफिचर) « Khabarhub

छात्राहरुसँगै बसेर हिमानीले भनिन् : मेहनत गरेर पढ्नू, असल मान्छे बन्नू (फोटोफिचर)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमानी ट्रस्टको कार्यक्रमका लागि जनकपुर पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले सोमबार विद्यार्थीहरुसँगै बसेर अन्तर्किया गरिन् ।

उनले शुद्ध खानेपानीको समस्या भएका विद्यार्थीहरुलाई पानी स्वतः शुद्ध हुने वैज्ञानिक बोतल वितरण गर्नुका साथै विद्यार्थीहरुका समस्याका विषयमा जानकरी लिएकी हुन् ।

जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई उनले बोतल वितरण गरिन् । सो विद्यालयका छात्राहरु र सुस्त मनस्थिति भएका बालबालिकाहरु उक्त बोतल पाएपछि निकै खुशी बनेका थिए ।

त्यो भन्दा बढी खुशी बालबालिकाहरु त्यतिबेला बने जतिबेला हिमानीले कक्षाकोठाभित्र बेन्चमै बसेर कुराकानी गर्दै उनीहरुका समस्या सुन्न थालिन् । अन्तरक्रियामा हिमानीले स्कुल समयमा छात्राले भोग्ने समस्याहरुको बारेमा जानकारी लिइन् ।

छात्राहरुले सोधेका प्रश्नको जवाफ दिँदै हिमानीले मेहनत गरेर पढ्न र असल मान्छे बन्न सुझाव दिइन् । विद्यार्थीहरुकै आग्रहमा उनले सामूहिक तस्वीर समेत खिचाइन् ।

सो विद्यालयमा शुद्ध खानेपानीको अभाव भएकाले हिमानी ट्रस्टले फिल्टर बोतल वितरण गरेको ट्रस्टका प्रतिनिधि उत्तम निरौलाले जानकारी दिए । उनले विद्यालयमा अध्यनरत चार सय बढी विद्यार्थीलाई खानेपानी फिल्टर हुने बोतल वितरण गरेको जनाए ।

जनकपुर पुगे लगत्तै हिमानीले जानकी मन्दिरमा पूजा अर्चना गरेकी थिइन् । जहाँ स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो । हिमानी जानकी मन्दिर परिसर पुग्दा स्थानीयले उनको जयजयकार समेत गरेका थिए ।

तस्वीर- हिमानी ट्रस्टबाट

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ०६ बजे

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही