गोली चलाएर प्रहरीले लियो तामाङलाई नियन्त्रणमा « Khabarhub

गोली चलाएर प्रहरीले लियो तामाङलाई नियन्त्रणमा


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘काले’ भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली तामाङको दायाँ खुट्टामा लागेको थियो । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले तामाङको दायाँ खुट्टामा गोली लागेको जानकारी दिए । उनलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि हतियार आक्रमण प्रयास भएपछि तामाङमाथि गोली चलाएको थापाले बताए ।

७ वर्ष जेल बसेर छुटेका तामाङले पूर्व डिआईजी विश्वराज शाहीदेखी आधा दर्जन व्यक्तिको घरमा लुटपाट गरेको अनुशन्धानका क्रममा खुलेपछी महाशाखाले उनलाई खोजी गर्दै आएको थियो।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ९ : १२ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा