ईपीएलमा पोखराको पहिलो जित | Khabarhub Khabarhub

ईपीएलमा पोखराको पहिलो जित


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा ७ ओभरमा छोट्याइएको खेलमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पोखराले ९ विकेटले हराएको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

पोखराको जितमा रिचार्ड लेभीले अविजित ३८ रन बनाए । यस्तै रित गौतमले १२ रन बनाउँदा साहन अराचिगे १ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडेका थिए ।

जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : १० बजे

आज आठौँ विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत

खोलाले बगाउँदा एक युवक बेपत्ता

मुस्ताङ– मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक

सीप हस्तान्तरण नहुँदा जनै बनाउने चलन हराउँदै

नवलपरासी– नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने

नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरु गरिएको छ ।

मनसुनको प्रभाव कायमै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय