कर्मचारी समायोजन प्रतिस्थापन विधेयक संसदमा पेस | Khabarhub Khabarhub

कर्मचारी समायोजन प्रतिस्थापन विधेयक संसदमा पेस


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथि परेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् ।

नेपाल सरकारले कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरि सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाउन सक्नेछ भन्ने संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले मंसिर २३ गते कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । संघीय संसदको अधिवेशन चालु नरहेकाले २०७५ मंसिर २३ मा राष्ट्रपतिबाट कर्मचारी समायोजन अध्यादेश २०७५ जारी भएको थियो । सो अध्यादेशलाई संविधानको धारा १ सय १४ को उपधारा २ बमोजिम पुस ११ मा बसेको संघिय संसदको दुवै सदनमा पेस भई स्वीकृति समेत भइसकेकाले नेपालको संविधान १ सय १० र प्रतिनिधिसभा संञ्चालन नियमावलिको नियम ९८ बमोजिम सरकारले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको कर्मचारी समायोजन अध्यादेश २०७५ का प्रावधानलाई प्रतिस्थापन गर्न विधेयकको रुपमा कर्मचारी समायोजन विधेयक २०७५ सदनमा प्रस्तुत गरेको हो ।

शुक्रबार नै बसेको दोश्रो बैठकले विधेयमाथि विचार गरियोस् भनी मन्त्री अधिकारीले राखेको प्रस्तावलाई सर्वसम्मति स्वीकृत गरेको छ । यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले स्थानीय तहको प्रशासकिय प्रमुखदेखि प्रदेशका मुख्य सचिव र सचिव पनि केन्द्रले खटाउने र प्रदेशको मन्त्री मुख्य मन्त्रीले नियुक्त गर्ने व्यवस्थाले प्रदेशमा कर्मचारी र मन्त्रीबीच कार्यगत समन्वय हुन नसक्ने भन्दै आवश्यक संशोधनको माग गरे ।

उनीहरुले कर्मचारीको वृत्ति विकासका लागि पनि विधेयकमा स्पष्ट व्यवस्था हुन नसकेको टिप्पणी गरे । सांसदहरुले संघियताको मर्मलाई अझै राम्रो संग समाउन नसकेको हो कि भन्ने संन्देश विधेयकमा निहित व्यवस्थाले देखाएको बताए ।

सांसहरु प्रेम सुवाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, महेश्वर जंग गहतराज, सरिता गिरी,सञ्जय कुमार गौतम, दिलेन्द्र प्रसाद बडू, भरत कुमार शाह, गजेन्द्र बहादुर महत, खगराज अधिकारी , उमाशंकर अरगरिया,यशोधा गुरुङ सुवेदी, सत्य नारायण शर्मा खनाल विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलबार १२ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ४ : ०२ बजे

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका