‘विन्टर फिल्म फेस्टिभल’मा ‘कठपुतली’ लाई दुई अवार्ड | Khabarhub Khabarhub

‘विन्टर फिल्म फेस्टिभल’मा ‘कठपुतली’ लाई दुई अवार्ड


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली हरर फिल्म ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित ‘इन्टरनेशनल विन्टर फिल्म फेस्टिभल’ दुई महत्वपूर्ण अवार्ड जितेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘वेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो ।

फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो । हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ ओटीटी प्लाटफर्मले रिलिजको लागि प्रस्ताव गर्नु हो । उक्त फेस्टिभलमा जम्मा चारवटा फिल्महरुले यो अवार्ड जितेका छन् ।

फिल्मका निर्माता पृथ्वी राना मगरले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने आफ्नो सपना पुरा भएको बताए । ‘यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले फिल्म निर्माणमा थप हौसला दिएको छ,’ उनले भने ।

फिल्मका निर्देशक भीमसेन लामाले यो सफलताको लागि आफुलाई विश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । अवस्था सामान्य बन्दै गएकाले आगामी पुस–माघसम्म फिल्मलाई रिलिज गरिने निर्माता मगरले बताए ।

फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो फिल्म प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ३१ बजे

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता