सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर « Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ३८ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा