नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरले जाँच गर्दै | Khabarhub Khabarhub

नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरले जाँच गर्दै


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।

नेपाल प्रहरीको दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस, सवारी साधनलाई जाँच गरेको थियो । लब्लीले बिष्फोटक पदार्थ र हात हतियार तथा ब्यूटीले लागु औषधि सम्बन्धी जाँच गरेको थियो ।

नेपालगञ्ज नाकामा यतिबेला दशैँ मान्न आउनेको भीडभाड छ । नाका खुलेका किनमेलका लागि रुपैडिहा जानेको उस्तै भीड बढेको छ ।

प्रहरीले दशैँ लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको जाँच गरेको थियो । दुईवटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेका थिए ।

नेपालगञ्ज नाकामा बेलाबेलामा यस्तो जाँच हुने गर्दछ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषधि किनेर फर्किने गरिन्छ । नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषधि बरामद गर्ने गर्दछ । तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागु औषधि बरामद गर्ने गरेको पनि छ ।

नेपालगञ्ज नाकामा केही दिनयता भारतबाट फर्किने नेपालीलाई खोप लगाएर पठाउने गरिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै भइरहेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : ५६ बजे

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै