प्रधानन्यायाधीशको 'कोटा'मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले दिए राजीनामा | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेका गजेन्द्र हमालले दिए राजीनामा


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ ।

बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।

उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

हमालको नियुक्तिले संकटमा परेका थिए राणा

नातामा जेठान पर्ने हमालको नियुक्तसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका थिए ।

राणाले राजनीतिज्ञसँग ‘वार्गेनिङ’ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका थिए ।

अधिवक्ता डा. दिनेश त्रिपाठी, शम्भु थापा,  मुक्ति प्रधान, ओमप्रकाश अर्याललगायतले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा नदिए उनलाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

संविधानवादको मूल आत्मामाथि नै प्रहार गरेको, शक्ति पृथकीकरण ध्वस्त पारेर सरकारसँग राणाको अपवित्र साँढगाँठले न्यायापालिकामाथिको जनविश्वासमा नै आघात पुगेको उनीहरुको आरोप थियो ।

राणाका कारणा सर्वोच्च अदालतको न्यायिक नैतिकताको धरातल नै समाप्त पर्न सक्ने भन्दै पूर्वप्रधानन्यायाधीशहरु तथा न्यायाधीश वृत्तमा समेत चिन्ता र चासो भइरहेका बेला हमाललाई एकाएक राजीनामा दिलाएर संकट टार्न  खोजेको कतिपयको मत छ ।

तत्कालीन ओली सरकारमा पनि भागबण्डा लिएको आरोप खेपेका राणाले संवैधानिक निकायमा भएको सोही सुनुवाइको मुद्दालाई अलपत्र पारेको भन्दै वरिष्ठ अधिवक्ता र न्यायीक वृत्तमा समेत उनको आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ०२ बजे

सीबी लामामाथि दुई सहकारीको डेढ अर्बभन्दा बढी ठगी आरोप, ९ सयले दिए उजुरी

काठमाडौं- प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी

बजेटले भान्साको मूल्य कम गर्छ : सांसद पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारले

गलकोटका किसान भन्छन्- ट्र्याक्टरले माथिमाथि जोत्दा उत्पादनमा समस्या भयो, गोरुले नै जोत्न थाल्यौँ

गलकोट– सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर

मधेस प्रदेश : सरकार टिकाउने र ढाल्ने कसरतमा दलहरू, सजिलो छैन दुवै पक्षलाई

जनकपुरधाम– मधेश प्रदेशमा सरकार टिकाउन र ढाल्न राजनीतिक कसरत तीव्र

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३