विधिको शासनको सुनिश्चितता गर्न प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ: त्रिपाठी (भिडियोसहित) « Khabarhub

विधिको शासनको सुनिश्चितता गर्न प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ: त्रिपाठी (भिडियोसहित)


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विधिको शासनको सुनिश्चितताको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

खबरहब विश्लेषणमा वरिष्ठ अधिवक्ता त्रिपाठी प्रधानन्यायाधीशले न्यायीक आचरण विपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

त्रिपाठीको भनाइ तलको भिडियोमा हेर्नुहोस्

उनले भने, ‘प्रधानन्यायाधीश राणाले निरन्तर न्यायीक आचरण विपरीत क्रियाकलाप गरी कार्यपालिकामा भागबण्डा खोजेकाले, स्वार्थ बाझिँने क्रियाकलाप गर्ने, न्यायीक आचरण विपरीत कार्य गर्ने र न्यायपालिकाको विश्वसनीयतामा अपूरणीय क्षति पुर्‍याउने क्रियाकलाप र प्रवृति देखिएकाले प्रधानन्यायाधीसले तत्काल राजीनामा दिनुपर्छ ।’

संविधानको संरक्षण गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतको नेतृत्व नै लगातार शंकास्पद काममा संलग्न भइरहेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले विधिको शासनको सुनिश्चितता, न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, विश्वसनियता र स्वच्छता कायम गर्न प्रधानन्याधीश राणाले तत्काल राजीनामा गर्नुपर्ने उनले बताए ।

अध्यादेशबाट राज्य चलाउन खोज्नु र न्यायपालिकाले समेत भाग खोज्नु लोकतान्त्रिक व्यवस्थाकै उपहास भएकाले प्रधानन्यायाशीले राजीनामा गर्न ढिलाई गर्न नहुँने त्रिपाठीको भनाइ छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ५६ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज