राजविराज र जनकपुरमा उपेन्द्र यादवको पुत्ला दहन « Khabarhub

राजविराज र जनकपुरमा उपेन्द्र यादवको पुत्ला दहन


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ ।

राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दुको नेतृत्वमा र जनकपुरमा अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।

दुवै स्थानमा निकालिएको र्‍यालीमा प्रदर्शनकारीहरूले ‘चिनियाँ दलाल मुर्दावाद’, ‘उपेन्द्र यादव-प्रचण्डको दलाल’, ‘प्रदेश २ मा तिब्बतीकरण बन्द गर’, ‘प्रदेश २ मा इस्लामीकरण बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेयक ल्याएको आरोप लगाएका छन्।  सबैको शिक्षाको लागि सामुदायिक विद्यालय भए पनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको उनले बताए ।

उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ०० बजे

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक