दसैँ व्यापार खस्कियो « Khabarhub

दसैँ व्यापार खस्कियो


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपालीहरूको महान पर्व दसैँको नवौँ दिन महानवमीसम्म पनि तनहुँका बजार क्षेत्रमा चहलपहल निकै छ । पढाइ, जागिर, व्यापार व्यसायको सिलसिलामा जिल्ला बाहिर बसोबास गर्नेहरू दसैँ मान्न गाउँ फर्किरहेका छन् । ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप अत्याधिक छ । तर, बजारमा व्यापार भने उतिसारो छैन । व्यापारीका अनुसार वर्षेनी व्यापार घट्दो छ । बजारमा देखिएको चहलपहलको तुलनामा व्यापार निकै कम भएको व्यापारीहरू बताउँछन् ।

व्यापार छैन

हुने खाने र भए खाने सबै वर्गले एकसरो कपडा फेर्ने र मिठो मसिनो खाने पर्वको रुपमा परिचित थियो दसैँ । दसैँको यो परिचय फेरिँदो छ । परिचयसँगै फेरिदैँछ दसैँको व्यापार पनि । विशेष गरेर दसैँमा किनमेल हुने कपडा, खाद्यन्नको व्यापार घट्दो छ ।

पाँच वर्षयता कपडाको व्यापारमा कमि हुँदै गएको व्यापारीहरू बताउँछन् । दसैँको बेलामा भ्याइनभ्याइ हुने फेन्सी व्यवसायी ग्राहक कुरेर बस्न बाध्य छन् । दसैँमा हुने कपडाको व्यापार घटिरहेको दुलेगौँडाका फेन्सी व्यवसायी सञ्जिव श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार घटिरहेको व्यापार पोहोर साल कोरोनाले ठप्प भयो । यसपालि चहलपहलसँगै व्यापार पनि बढ्दो छ । तर, उत्साहजनक भने छैन । ‘

अहिले नयाँ कपडा लगाउनलाई दसैँ नै कुर्नपर्छ भन्ने छैन । अरु बेला पनि आफ्नो आवश्यकताअनुसार नयाँ कपडा किनमेल हुन्छ । अहिले त विशेष गरी दसैँमा कपडा बच्चाका लागि मात्र किनमेल हुने गरेको छ’, श्रेष्ठले भने । गाउँ–गाउँमा पुगेका सडकसँगै बजार पनि विस्तार भएकाले व्यापार घटेको उनको विश्लेषण छ ।

असोजदेखि पुषसम्म कपडाको व्यापार हुने याम हो । तर, यही याममा पनि व्यापारीमा उत्साह छाउन सकेको छैन । श्रेष्ठका अनुसार तिहारका बेला भने पछिल्ला वर्षमा कपडा किनबेच बढेको छ । दिदीबहिनीले दाजुभाइलाई तिहारको भाइटीकासँगै कपडा उपहार दिने चलन बढेकाले व्यापार पनि बढेको उनको भनाइ छ ।

कपडाको जस्तै भएको छ खाद्यन्नको व्यापार । अरु बेला र दसैँको व्यापारमा कुनै फरक नभएको किराना व्यवसायी राजेश गुप्ताले बताए । उनी भन्छन्, ‘सोचेझैँ व्यापार छैन । गाउँ घरमा ठूला पसल खुलेका कारण उपभोक्तालाई किनमेल गर्न बजार झर्नुपर्ने बाध्यता हुदैन । बजार क्षेत्रका होलसेल व्यापारीले सवारी साधनमा सामान लिएर गाउँगाउँ पुग्छन् । त्यसैले पनि सधैँको व्यापार एकनासको छ ।’ अहिले मिठो मसिनो खानलाई दसैँ नै कुर्नुपर्दैन ।

अरु व्यापार घटेपनि विद्युत्तीय सामाग्रीको व्यापार भने दसैँ तिहारमा उकालो लागिरहेको छ । यो बेला ग्राहकले फ्रिज बढी खरिद गर्ने इलोक्ट्रोनिक व्यवसायी सुरेन्द्र पौडेलले बताए ।

उनी भन्छन्, ‘इलोक्ट्रोनिक सामानको विक्री बर्षेनी बढ्दो छ । दसैँमा फ्रिज किन्नलाई वर्ष दिनदेखि ग्राहक कुरिरहेका हुन्छन् ।’ फ्रिजसँगै टिभी, मोबाइल, वासिङ मेसिन लगायतका विद्युतीय सामाग्रीको विक्री पनि दसैँको बेला बढेको व्यापारीहरू बताउँछन् ।

तनहुँमा सदरमुकाम दमौलीसँगै दुलेगौँडा, खैरेनीटार, भिमाद, डुम्रे, आँबुखैरेनी बजारमा ग्रामणि क्षेत्रबाट किनमेल गर्न उपभोक्ताको आउजाउ हुन्छ । छिमेकी जिल्ला स्याङजा, लमजुङ गोरखा, नवलपुर र पाल्पाका केही ग्रामिण क्षेत्रका उपभोत्ता पनि किनमेलाका लागी तनहुँका बजारमा आउने गर्दछन् । न्यूज कारखाना

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ७ : ४५ बजे

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी