कोभिडका कारण टिबीका बिरामी बढे : विश्व स्वास्थ्य संगठन « Khabarhub

कोभिडका कारण टिबीका बिरामी बढे : विश्व स्वास्थ्य संगठन


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– एक दशकपछि पहिलो पटक टिबीका विरामी विश्वव्यापी रुपमा बढेका छन् । कोभिडका कारण स्वाथ्य उपचारमा पहँुच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्लूुएचओ) ले जनाएको छ ।

उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मुलन गर्न वर्षौदेखि भएका प्रयासमा अबरोध सृजना भएको छ । टिबीबाट अझै पनि विश्वभर लाखौ मानिस पीडित छन् ।

‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौ मानिसहरुको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ,’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन् ।

सन् २०२० को टिबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्लूएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टिबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ ।

डब्लूएचओले विश्वभर करिव ४१ लाख मानिसमा टिबी भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टिबी रोगीको संख्या २९ लाख रहेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।

टिबी रोगीलाई कोभिड १९ संक्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टिबीका लागि छुट्याइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको डब्लूएचओको भनाई छ ।

सन् २०२० मा टिबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो । एजेन्सी

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : ४५ बजे

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत