मटन ग्रेभी बनाउने सजिलो तरिका « Khabarhub

मटन ग्रेभी बनाउने सजिलो तरिका


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ ।

यसैगरी दशैँमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दशैँमा मासुको खपथ अत्यधिक हुने गर्छ । हरेक भान्सामा मासुका परिकारहरु पाकेकै हन्छ । हरेक घरमा आ–आफ्नै स्वादअनुसार मासुको परिकार पाक्ने गर्छ । दशैँमा धेरै खाइने मासुको परिकार र पकाउने विधि यस प्रकार छन् ।

आवश्यक सामग्री
खसीको मासु
तेल
पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट

बनाउने तरिका
मासु बनाउनुअघि राम्रोसँग पखालेर पानी ओभाउन दिने । पकाउने भाडामा तेल तातिसकेपछि पाँच फुरन हाल्ने र प्याज हालेर भुट्ने । सुख्खा मासु बनाउने हो भने प्याजलाई खैरौ हुने गरी चलाउने तर ग्रेभी बनाउँदा प्याज हल्का खैरो हुँदा नै मासु हालेर चलाउँने ।

केही समयपछि मासुमा बेसार, नुन, गरम मसलासँगै लसुन अदुवाको पेष्ट हालेर पालैपालो चलाउने र छोपिदिने । केही समयपछि फेरी मासुमा मिट मसला र धुलो खुर्सानी हालेर चलाउने र टमाटर पनि राख्ने । त्यसपछि केही मात्रामा पानी राखेर छोपिदिने । मासु पकाउँदा मनतातो पानीको प्रयोगले स्वाद राम्रो हुन्छ । अन्त्यमा काटेको हरियो धनियाँ राख्दा यसले स्वाद बढाउँछ र खानको लागि ग्रेभी तयार हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ४ : ०० बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी