मनाइयो दशैँ, नभ्याउने कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने « Khabarhub

मनाइयो दशैँ, नभ्याउने कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार नेपालीहरूको महान चाड बडा दसैँको विशेष दिन, अर्थात् विजयादशमी । अधिकांश नेपालीहरूले नेपाल पञ्जाङ्ग निर्णायक समितिले तोकिदिएको टिकाको शुभसाइत शुक्रबार बिहान १० बजेर २ मिनेटमै टीका थापेका छन् भने केहीले ठूलाबडाको हातबाट टीका थाप्ने र आशिष् लिने क्रम जारी रहेको छ ।

९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र समृद्धिको प्रतीक जमरा लगाई आशिर्वाद थापिन्छ ।

विजयादशमी आफैँमा शुभ भएकाले जतिबेला पनि टीका लगाउँदा हुने बताइन्छ । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् । गण्डक क्षेत्रका केही जिल्ला र अन्य केही स्थानमा शुक्रबार मध्यरातसम्म टीका लगाउने चलन छ भने काठमाडौं उपत्यकासहित पूर्व र गण्डक बाहेकका क्षेत्रमा कोजाग्रत पूर्णीमासम्म नवदुर्गा भवानीको प्रसादका रुपमा दशैँको टीका लगाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिकाअनुसार शुक्रबारनभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

पुर्णिमासम्म अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी टिका लगाउन सकिने समितीका अध्यक्ष प्रा।कृष्ण खनालले बताउनुभयो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ०० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी