‘को–हजबेण्ड’लाई स्लोभाकियामा अवार्ड « Khabarhub

‘को–हजबेण्ड’लाई स्लोभाकियामा अवार्ड


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान (को–हजबेन्ड)’ले युरोपको स्लोभाकियास्थित पोपराडमा आयोजित २९ औं ‘इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस्’मा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ ।

आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले अवार्ड लिएका थिए । अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति गरेका कारण अवार्ड प्रदान गरिएको बताएका थिए । फिल्म महोत्सवमा १७ वटा देशका ४४ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

‘विभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैमा गर्वको कुरा हो । अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामु अवार्ड थाप्न पाउँदा निकै खुसी लागेको छु, यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ’– निर्देशक पाण्डेले भने ।

यसअघि गतवर्ष रसियामा आयोजित १९ औं ‘अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबल’मा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल ‘सहायक श्रीमान’को यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘सहायक श्रीमान’ अक्टोबर २३ तारिखमा अमेरिकाको सियाटलस्थित ‘तस्वीर साउथ एशियन फिल्म फेस्टिभल’मा पनि प्रदर्शन हुँदैछ ।

निर्माता तथा निर्देशक पाण्डे डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’का निर्माता तथा निर्देशकसमेत हुन् ।

३५ मिनेटको ‘को–हजबेण्ड’ कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट यो सामाग्री तयार पारेका हुन् । साइन मिडियाले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : २६ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल