अनमोलको अनप्रोफेसनल व्यवहार « Khabarhub

अनमोलको अनप्रोफेसनल व्यवहार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनमोल केसी ! कलिउडका महँगा अभिनेतामध्येका हुन् । उनको पारिश्रमिकको पनि चर्चा हुने गर्छ । ‘होस्टेल’ बाट उदाएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाए । केही फिल्मलाई बिर्सिने हो भने उनले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन ।

उनले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । यीनै अनमोलले केहि निर्मातालाई फिल्म गर्ने सहमति गरेर पनि फिल्म छाडेका छन् ।

ग्याङस्टर ब्लुज

निर्देशक हेमराज विसीसँग होस्टेल, जेरी र गाजलुमा काम गरेर गरिसकेका अनमोलको सम्बन्ध ‘ग्याङस्टर ब्लुजु’मा आएर बिग्रियो । यो फिल्मका लागि उनले लुक्स पनि बनाइरहेका थिए । तर घोषणा हुने समयमा आशिरमान डिएस जोशीको इन्ट्री फिल्ममा भयो । फिल्मनगरीमा यी दुईको बीचमा पारिश्रमिकको कुरा नमिल्दा फिल्ममा सहकार्य नहुन सकेको चर्चा चलेको थियो ।

ब्याचलर बन्टी

मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘ब्याचलर बन्टी’ पनि अनमोलले अन्तिम समयमा छाडेका थिए । उनले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै अन्तिम समयमा आएर ‘ब्याचलर बन्टी’ बाट हात झिकेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लगानी गुमाएका थिए । कारण स्क्रिप्ट देखाए पनि आपसी समझदारी नहुँदा सहकार्य हुन सकेन । निर्देशक चाम्स र अनमोलबीचको मतभेदले फिल्म नै बन्न सकेन ।

धुपौरे

‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका अनमोलले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिए । फ्लोरमा जान अन्तिम तयारी भइरहँदा स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले अस्वीकार गरेका थिए । फिल्ममा आफ्नो खर्चसमेत भइसकेको भन्दै निर्माण पक्षले महानगरीय प्रहरी परिसरमा ‘झुक्याई रकम लिएको’ कसुरमा उजुरीसमेत दिएको थियो । यद्यपि यो विवाद साम्य भयो ।

निर्देशक साम्तेन भुटियाले फिल्म अझै बनाउन सकेका छैनन् । प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्ममा अभिनय गर्ने रनगर्ने निर्णय गर्छन्। तर, अनमोलको व्यवहार ठीक उल्टो छ । त्यसैले कलिउडमा अनमोललाई अनप्रोफेसनल कलाकारका रुपमा चिनाउन थालेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ३५ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल