कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल « Khabarhub

कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाई मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ ।

‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो । तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केवल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ । त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैँमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको छ,’ कांग्रेस भिमाद नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले भने ।

सिंगो कम्युनिष्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको पौडेलले दाबी गरे । कम्युनिष्ट आन्दोलन दिशाहीन भएको बताउँदै उनले भने, ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य छैन्, कहाँ जाने हो ठेगान भएन । तत्काल के गर्ने हो उद्देश्य केही अत्तोपत्तो छैन् । सत्ता उपयोग गरे, शासनमा पुगे जनता झुक्काए । केही समय सत्ताको झिलीमिली देखाए । तर त्यो रामछायाँ भयो ।’ कम्युनिष्ट पार्टीहरु अस्तित्वविहीन हुँदै गइरहेको उनको जिकिर छ ।

उनले अधिनायकवादी शक्तिको प्रतीक कम्युनिष्ट पार्टी भएको बताए । अधिनायकवादी शक्ति कम्युनिष्ट छिन्नभिन्न र टुटफुट हुँदैमा मख्ख हुने बेला नआएको भन्दै कांग्रेसका नेता कार्यकर्तालाई सावधान बन्न सुझाव दिए ।

आउने निर्वाचनमा कांग्रेसले सर्वत्र विजयी प्राप्त गर्ने हैसियत बनाउनुपर्नेमा नेता पौडेलको जोड थियो । गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ४५ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल